Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेञ्चुरी बैंक र अलफ्ट काठमाण्डौं, ठमेल बीच छुट दिने सम्झौता

सेञ्चुरी बैंक र अलफ्ट काठमाण्डौं, ठमेल बीच छुट दिने सम्झौता

काठमाडौं, १ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको नुक डब्लुयाक्सवाइजेठ र रि फ्यूल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन ।

सेञ्चुरी बैंकका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x