Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राजस्व दर परिवर्तनमा राष्ट्रघात भए जिम्मेवारी लिन तयार छु : अर्थमन्त्री शर्मा

राजस्व दर परिवर्तनमा राष्ट्रघात भए  जिम्मेवारी लिन तयार छु : अर्थमन्त्री  शर्मा

काठमाडौं, २ असार । अर्थमन्त्री जनार्दन शर्माले कर, राजस्व र भन्सार दर परिवर्तन प्रक्रिया अनुसार नै गरिएको बताएका छन् । उनले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजस्वका दर तय गरिएको बताए ।


प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले उक्त जवाफ दिएका हुन् ।


राजस्वको दर परिवर्तन गर्ने आवश्यक प्रक्रिया छन् । प्रक्रियाका कुरा अस्ति पनि बताएको थिए । त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार र जवाफदेही छु । त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु, उनले थपे, यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको डलरको सञ्चितिलाई आयातलाई ध्यान दिएर हामीले उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई ध्यान दिएर नै दरहरू परिवर्तन भएको स्पष्ट गर्न चाहन्छु ।

अर्थमन्त्री जवाफ दिन रोष्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरिरहेको छ । एमालेले सदन बहिष्कार गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x