Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२ अर्ब ५० करोडको डिबेञ्चर ल्याउँदै नेपाल बैंक

२ अर्ब ५० करोडको डिबेञ्चर ल्याउँदै नेपाल बैंक

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले रु. १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने रू. २ अर्ब ५० करोड बराबरको ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरूकोे स्वीकृतिपछि निष्कासन गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x