Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

काठमाडौं, ३ असार । चितवन कोई ग्रूपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक पाएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत समेत हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई उक्त पदक ग्रहण गर्न स्वीकृत दिने निर्णय गरिसकेको छ ।

‘डेकोरेसन अफ अनर’ अस्ट्रिया सरकारको उच्चस्तरीय सम्मान मानिन्छ । अस्ट्रिया र विदेशबाट समेत सम्बन्धित देशका लागि उत्कृष्ट सेवा प्रदान गर्नेलाई यो पदक प्रदान गरिन्छ । श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठले सन् २००२ मा सोही पदक (गोल्डतर्फ) पाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x