Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल बैंक र नेपाल टेलिकम बिच डाटा शुल्क छुट सम्झौता

नेपाल बैंक र नेपाल टेलिकम बिच डाटा शुल्क छुट सम्झौता

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने गरी गत १ गते नेपाल बैंक र नेपाल टेलिकम बिच सम्झौता भएको हो । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका हुन । बैंक प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल लगाएत अन्य कर्मचारीको उपस्थिती थियो ।

सो सम्झौता अनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । यो सुबिधा सिमित समयको लागि प्रदान गरिने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x