Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंक र कतार एयरवेज बिच सम्झौता

नबिल बैंक र कतार एयरवेज बिच सम्झौता

काठमाडौं, ५ असार । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ ।
आगामी १७ गते देखी लागु हुने गरी नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका गन्तव्यहरूमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने बैंकले बताएको छ ।

एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।


यस साझेदरी अन्तर्गत विजनेश/इकोनोमी क्लास हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने बताइएको छ ।


कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, स्काइट्राक्स द्वारा फाइभ स्टार कोभिड १९ एयरलाएन्स सेफ्टी रेटिङ्ग हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हावाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने भनि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाह बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x