नेप्से ३७.२७ अंकले घट्यो
काठमाडौं, ५ असार । यस साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढी हो ।
आइतबार २२३ कम्पनीको ३६ लाख ६६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ७.२९ अंकले घटेर ३७३.८५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.९१ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार १५४.८३ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.९२ अंकले कारोबार घटेको हो ।