Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो’

‘डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो’

काठमाडौं, ६ असार । सरोकारवालाहरुले डिजिटल नेपाल रुपान्तरणका लागि सहकार्यको खाँचो औंल्याएका छन् ।


आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको दुई दिने छलफल समारोह ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन अशोसिएसन विथ इन्फोडभलपर्स कनेक्टेड विथ एनसेल’ को दोस्रो दिन सहभागी वक्ताहरुले सरकार र निजी क्षेत्र एक्लैले मात्र डिजिटल रुपान्तरण गर्न सम्भव नभएको भन्दै यसका लागि सम्पूर्ण पक्षबीच व्यापक सहकार्यको खाँचो रहेको बताएका हुन् ।


‘आईसीटी क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न हामी प्रयासरत छौं, सरकारको नीति तथा बजेट कार्यक्रम र हाम्रा १५ औं योजनामा यी कुरा स्पष्ट छन्,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवव अर्जुन प्रसाद पोखरेल भने, ‘अब यस क्षेत्रलाई अगाडी बढाउन सहकार्यको खाँचो छ । यसका लागि नियामक निकाय र निजी क्षेत्र दुबैले आफ्नो क्षमता अभिवृद्धि गरी वृहत सहकार्य गर्नपर्छ ।’


राष्ट्र्रिय योजना अयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीले नेपालको आईटी पार्क निर्माणको कार्यलाई अगाडी बढाएर आईटी कम्पनीका लागि औंधोगिक क्षेत्र तथा भारतले जस्तै कर सुविधाको व्यवस्था गर्न सके आईटीको उद्योग विकास गर्न सक्ने ठूलो सम्भावना रहेको बताए । साथै सरकारले ५ करोड रुपैयाँको न्युनतम प्रत्यक्ष वैदेशिक लगानीको क्यापलाई घटाएको धन्यवाद दिदैँ आईटी सेक्टरका लागि लगानीको कुनै थ्रेसहोल्ड राख्न नहुने समेत उनले बताएका छन् ।


कार्यक्रममा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालय डिजिटल फाउण्डेसन, डिजिटल साक्षरता र पहुँचलाई बढाउनमा केन्द्रित रहेको बताए । साथै सचिव अर्यालले घरेलु आईटी उद्योगको उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग गर्ने बताउँदै कानुनमा समेत यस्ता कुराको व्यवस्था गर्न विज्ञहरुको सुझावलाई सधै स्वागत गर्न मन्त्रालय तयार रहेको बताए ।


कार्यक्रममा निजी क्षेत्रका उद्योगीहरुले आईटी उद्योगका लागि जनशक्ति समस्याको गुनासो गर्दै सरकारसँग दक्ष जनशक्तिलाई देशभित्रै राख्नसक्ने नीति नभएको बताएका थिए ।
उद्योग मन्त्रालयका सचिव पोखरेलले आईटी क्षेत्रको जनशक्ति उत्पादनका लागि पोखराबाट इन्डस्ट्रियल स्ट्राटेजी सुरु गरिसकेको र मन्त्रालय सहकार्यका लागि तयार भएको बताए ।


यसैगरी सरकारको वित्त प्रविधि विकासमैत्री नीतिका कारण फिनटेक इनोभेसनमा नेपाल ‘ट्रान्जिसन फेज’ मा पुगिसकेको सरोकारवालाहरुले बताएका छन् । कन्क्लेभको ‘डिजिटल फिनोभेसन इन नेपाल’ विषयक सत्रमा बोल्दै सरोकारवालाहरुले डिजिटल सोसाइटी उन्मुख नेपालमा प्रविधिमैत्री वित्तिय अस्त्रहरुको पनि विद्ध भईरहेको बताएका छन् ।


‘वित्त प्रविधिलाई लिएर सरकारको खुल्ला नीति र निजी क्षेत्रको सहयोगका कारण यस क्षेत्रमा फेनोमिनल ग्रोथ भईरहेको छ ।’ नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंहले भने ।

डिजिटल रुपान्तरणका लागि सरोकारवालाहरुबीच वृहत छलफल प्रयासको रुपमा असार ४ गतेदेखि आयोजना भएको दुई दिने डिजिटल नेपाल कन्क्लेभको अन्तिम दिन विभिन्न विषयमा ९ ओटा सम्वादन सत्रहरु राखिएका थिए । यसैगरी राष्ट्र्रिय तथा अन्तराष्ट्र्रिय क्षेत्रका प्रविधि विज्ञ व्यक्तित्वहरुले आईसीटी क्षेत्रका विविध विषयमाथि कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x