Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाईकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं, ६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।


हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मी सडक खण्डबाट बास्तविक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश -०२-०१५ प ४४०० नम्बरको सेतो २०० सिसि.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा जिल्ला मकवानपुर थाहा न.पा. (११ घर भई हाल कलंकी बस्ने वर्ष २३ को प्रताप तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।


उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बाग्मति प्रदेश-०२ -०१२ प ८२०६ रहेको खुल्न आएको छ ।
उक्त पक्राउ भएको मोटरसाइकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भनी विविध बिष्टले हिलियासहित यस कार्यालयमा निवेदन दिएका थिए ।
पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त थानकोटमा पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x