अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध
काठमाडौं, ६ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस कमिटीले प्रदर्शन गरेको छ । नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै सोमबार विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा स्थायी कमिटी सदस्य सञ्जय दुवाडी, केन्द्रीय कमिटी सचिवालय सदस्य राजकुमार महतरा, अनेरास्वीयु केन्द्रीय सदस्य प्रकाश अधिकारी लगायतकोे उपस्थिती रहेको अनेरास्ववियु पशुपति क्याम्पस कमिटी अध्यक्ष रोसन सापकोटाले बताए । मूल्य वृद्वि फिर्ता माग, अर्थमन्त्री राजीनामा माग, एसपिपी खारेज लगाएत विषयमा आन्दोलन गरेको अध्यक्ष सापकोटाले बताए ।
नेपाल आयल निगमले आइतबार राति १२ बजे देखी लागुहुने गरी पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल, लगाएत इन्धनको मूल्य बढाइएको थियो । नेपाल आयल निगमका अनुसार साबिकको बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि गरी १९२ रुपैयाँ पुगेको छ ।