Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वाणिज्य बैंकहरूमा एकैदिन ६ अर्ब निक्षेप ऋण ठप्प भएपछि सीडी रेसियो ९० प्रतिशतभन्दा कम

वाणिज्य बैंकहरूमा एकैदिन ६ अर्ब निक्षेप ऋण ठप्प भएपछि सीडी रेसियो ९० प्रतिशतभन्दा कम

काठमाडौं, ७ असार । पुँजीगत खर्च बढेसँगै वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ ।

तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब निक्षेप पुगेको छ ।

त्यस्तै ऋण प्रवाह भने ठप्प भएको छ। ४७ खर्ब १३ अर्बबाट घटेर ४७ खर्ब ११ अर्बमा पुगेको छ । त्यस्तै वाणिज्य बैंकहरूमा ४१ खर्ब ४२ अर्बबाट घटेर ४१ खर्ब ८१ अर्बमा झरेको छ ।

निक्षेप र ऋण प्रवाह सीडी रेसियो अनुपात ८९.४९ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले ९० प्रतिशत भन्दा तल झार्न ताकेता गरेपछि बैंकहरूले ऋण रोकेर सीडी रेसियोको अनुपात ९० भन्दा तल झारेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x