Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

अस्वभाविक मूल्य वृद्धि गर्ने र सामान लुकाउने १२ सय १४ वटा फर्म कारबाहीमा

अस्वभाविक मूल्य वृद्धि गर्ने र सामान लुकाउने १२ सय १४ वटा फर्म कारबाहीमा

काठमाडौं,१० असार । अहिले दैनिक उपभोग्य बस्तु चामल, खाने तेल, ग्यास, चिनी, फलफूल, दूग्धजन्य वस्तु, खानेपानी लगायतको मूल्य ह्वात्तै बढेको छ । बजारमा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि २४ दशमलव ८६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थको मूल्य पनि १२ प्रतिशतले बढेको छ । यस्तै अण्डा, दाल, गेडागुडीको मूल्यवृद्धि ११ प्रतिशतसम्मले बढेको छ ।

दैनिक उपभोग्य बस्तुमा निरन्तर मूल्य बढ्दा नागरिकको घर खर्च चलाउन समस्या भएको छ । बजारमा राज्यको उपस्थिती कमजोर हुँदा व्यापारीहरुले मनोमानी मूल्य वृद्धि गरेको आरोप छ ।

अहिले काठमाडौं उपत्यकामा ७ दशमलव ३९ प्रतिशत, तराईमा ८ दशमलव १५ प्रतिशत, पहाडमा ७ दशमलव ८९ प्रतिशत र हिमालमा ८ दशमलव २१ प्रतिशत महंगी देखिन्छ । बजारमा महंगी कालोबजारी मौलाएकाले दैनिक बजार अनुगमन भइरहेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​का प्रवक्ता हरि पंगेनीले जानकारी दिए । उनका अनुसार दैनिक ४ वटा टोलीले बजार अनुगमन गरिरहेको छ ।

चालू आर्थिक वर्षको हालसम्म विभागले २७ सय ५६ वटा फर्ममा अनुगमन गरेको हो । यसमध्ये अस्वभाविक मूल्य वृद्धि गर्ने र सामान लुकाउने १२ सय १४ वटा फर्मलाई कारबाही गरिएको जनाइएको छ । उनीहरुबाट करिब २ करोड रुपैयाँ राजस्व समेत संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x