Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमा समिति स्थापनाको ५० वर्ष, अब बीमाको पहुँच अभिवृद्धिमा जोड

बीमा समिति स्थापनाको ५० वर्ष, अब बीमाको पहुँच अभिवृद्धिमा जोड

काठमाडौं, १ जेठ । वीमा कम्पनीहरुको नियमन तथा क्षमता अभिवृद्धि र वीमाको पहुँच विस्तारको लागि बीमा समिति स्थापना भएको थियो । वीमा समिति स्थापना भएको ५० वर्ष पुगेको छ । बीमा समितिको स्थापना भएको ५० वर्षको अवधिमा बीमाको पहुँच जम्मा १० प्रतिशतले मात्र विस्तार भएको छ । यस्तै कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान २.५ प्रतिशत मात्र रहेको छ । यता मुलुकमा बीमा कम्पनी संचालनमा भएको ७ दशक पुगेको छ ।

५० वर्षको बीमा समितिको यात्रामा अहिले मुलुकमा संचालिन बीमा कम्पनीहरुमार्फत नै बीमा गराउने बीमितहरुको संख्यामा वृद्धि हुँदै गएको बीमा समितिको अध्यक्ष चिरञ्जिवी चापागाईँले बताएका छन् । स्वदेशी बीमा कम्पनीहरुमा बीमा गराउने बीमितहरुको संख्यामा वृद्धि भएपनि बीमाको पहुँच अपेक्षित रुपमा बढ्न नसकेको उनले बताएका छन् । यता बीमाको पहुँच विस्तार हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा समेत बीमाको योगदान कम भएको उनको धारणा रहेको छ ।

बीमा समितिले आफ्नो नियमनकारी भुमिकालाई थप प्रभावकारी बन्दै बीमा कम्पनीहरुसंगको साझेदारीमा बीमाको पहुँच अभिवृद्धिमा केन्द्रित हुने अध्यक्ष चापागाईँले बताएका छन् । बीमा समितिले संचालित बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ, उनले भने । चुक्ता पुँजी वृद्धिले बीमा कम्पनीहरुको क्षमतामा समेत अभिवृद्धि गर्ने उनको धारणा रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन गरेको हो । जस अनुसार संचालनमा रहेको बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्न बोनस शेयर, हकप्रद शेयर र थप नयाँ शेयर निष्कासनको माध्यम अपनाएका छन् । यता बीमा समितिले ३ जीवन बीमा कम्पनीहरु र ९ निर्जीवन बीमा कम्पनीहरुलाई संचालनको अनुमति दिएको छ । जसबाट अहिले मुलुकमा ३९ वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् ।

यस्तै बीमाको पहुँच अभिवृद्धिका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्य गर्न निर्देशन दिएको छ । सो अनुसार बीमा कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग बैंकासुरेन्स सेवाको सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा मुलुकभर फैलिएको तर बीमा कम्पनीहरुले तत्काल शाखा विस्तार गर्न नसक्ने भएको कारण बैंकासुरेन्सको माध्यमबाट बीमाको पहुँच विस्तार गर्ने योजनामा रहेको अध्यक्ष चापागाईँले बताएका छन् । साथै उनले आगामी दिनमा बीमा कम्पनीहरुलाई शाखा विस्तार गर्न समेत निर्देशन दिने बताए ।

यता बीमाको पहुँच वृद्धिका लागि सर्वसाधारणहरुमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उनले बताए । जसका लागि बीमा कम्पनीहरुको सहकार्यमा समितिले जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने बताएका छन् । यस्तै बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको दक्षतामा समेत विकास गर्न समितिले सहयोगी भुमिका निर्वाह गर्नेमा उनले जोड दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x