डेभलपमेन्ट बैकर्स एशोसिएसनको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १ जेठ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा बैशाख २८ गते राजधानीको होटल अन्नपूर्णमा बसेको थियो ।

एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरु विधान अनुरुप नियूक्त गरिएको ब्यहोरा साधारण सभामा जानकारी गरिएको थियो । एशोसिएसनको कार्यवहाक अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद ढकाल र महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई नियूक्त गरिएको छ । त्यसैगरी कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीूलाई । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *