नबिल एसएसइ लाई इनएबलरस अफ सोसल इन्टरप्रेनरशिप अवार्ड
काठमाडौं, १४ असार । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरशिप (नबिल एसएसइ) को पहिलो ब्याचको २० जना फेलोहरुले इनएबेलरस अफ सोसल इन्टरप्रेनरशिप अवार्ड प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइवाईइइ्एफ नेपाल अवार्ड प्रदान गरेको हो ।
सिएनआइवाईइइ्एफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सिएनआइवाईइइ्एफ नेपाल स्टारअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । गत चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकाए सँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।
फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्ने बताइएको छ । बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिने बताइएको छ ।
यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तव्यहरु प्रस्तुत गरिएको थियो । उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि, मन्त्री दिलेन्द््र प्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकर्मचारीहरुको उपस्थिती थियो ।