Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कामना सेवा बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, १४ असार । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।


बैंकले सेवा विस्तार गर्ने क्रममा हिजो असार १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न.पा. वडा नं. ०१ को पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।


बुद्धभुमी न.पा. वडा नं. ०१ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने र यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकको रहेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x