Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भरतपुर–बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

भरतपुर–बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

काठमाडौं, १४ असार । चितवनको भरतपुरबाट नवलपरासीको बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याइएको हो ।

नवलपरासीको दुम्कीवासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत् प्रवाह हुने प्राधिकरणले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x