Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से ११.८२ अंकले घट्यो

नेप्से ११.८२ अंकले घट्यो

काठमाडौं, १४ असार । यस साताको तेस्रो कारोबार दिन मंगलबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ अंकमा पुगेको छ ।


मंगलबार २३० कम्पनीको ३० लाख ३७ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ३.२२ अंकले बढेर ३७२.६० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.२२ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ भने जिवन बीमा र बैंकिङ्ग समूहका कम्पनीको कारोबार बढेको छ । जिवन बीमा समुहका कम्पनीको कारोबार ९६.९ अंकले बढेर ९५४९.६० अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x