Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह

काठमाडौं, १४ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो । विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ ।

व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *