Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह

काठमाडौं, १५ असार । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै सिघ्र यस सम्बन्धी ब्यवस्थागर्न आग्रह गरेको हो ।


महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेटगरी सिघ्र कानून निर्माणकालागि पहल गर्न आग्रह गरहेको हो । भेटकाक्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने विषयहरुका बारेमा समेत जानकारी गराएको थियो ।


सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फबाट बारम्बार सम्बन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।
सो भेटमा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित विशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x