Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्रीलंकामा गहिरिदै आर्थिक संकट : अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

श्रीलंकामा गहिरिदै आर्थिक संकट : अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

काठमाडौं , १५ असार । आर्थिक समस्या भोगिरहेको श्रीलंकाले अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई पेट्रोल बिक्री बन्द गरेको छ । आगामी दुई साताका लागि स्वास्थ्य सेवा र खाद्यान्न बोक्ने बस, ट्रेनलगायत सवारी साधनलाई मात्र पेट्रोल भर्ने अनुमति दिइएको छ ।

अहिले श्रीलंकाका सहरी क्षेत्रका विद्यालयहरू बन्द छन् । त्यसैगरी सरकारी अधिकारीहरूले मुलुकका दुई करोड बिस लाख बासिन्दालाई घरबाटै आफ्ना काम गर्न आह्वान गरेका छन् ।

खाद्यान्न र इन्धन जस्ता वस्तु आयात गर्न अर्थ अभावको समस्या भोगिरहेको दक्षिण एसियाली मुलुक श्रीलंका उद्धार सम्झौताका वार्ताहरूमा व्यस्त छ ।

सत्तरीको दशकमा तेल अभावका कारण अमेरिका र युरोपमा इन्धनका लागि रासनको व्यवस्था गरिनुका साथै तेलको माग घटाउन ‘स्पीड लिमिट’ लागू गरिए यता विश्वमा सर्वसाधारणलाई तेल बिक्रीमाथि रोक लगाउने श्रीलंका पहिलो मुलुक भएको इन्भेस्टेकका तेल तथा ग्यास अनुसन्धान प्रमुख नाथन पाइपरले बताएका छन् ।

खाद्यान्न र इन्धन जस्ता वस्तु आयात गर्न अर्थ अभावको समस्या भोगिरहेको दक्षिण एसियाली मुलुक श्रीलंका उद्धार सम्झौताका वार्ताहरूमा व्यस्त छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x