Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

काठमाडौं, १६ असार। नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ ।

मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ ।

गत वर्ष यसै अवधिमा नेपालबाट ४ करोड २१ लाख मूल्यको ११ लाख ९१ हजार मास्क निर्यात भएको थियो ।

कोरोना महामारी सुरु भएपनि नेपालमा मास्कको आयात ह्वात्तै बढेको थियो । नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घटन नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x