सानिमा बैंक अब काठमाडौंको नेपालटारमा
काठमाडौं, १७ असार । सानिमा बैंक लिमिटेडले आज १७ गते तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरेका छन् ।
काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई श्रेष्ठ र थापाले बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम सदभावका लागि कृतज्ञता व्यक्त गरेका थिए ।