Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एयरलाइन्सका रात्रि बेसअनुरूप पूर्ण क्षमतामा उडान

एयरलाइन्सका रात्रि बेसअनुरूप पूर्ण क्षमतामा उडान

काठमाडौं, १९ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपरेशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।

आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरुप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो । प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताए । ‘प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ,’ उनले भने ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८ हेलिकप्टर छन् । सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x