नेप्से ५७.६१ अंकले उकालो, २ अर्ब ४८ करोड बढीको कारोबार
काठमाडौं, १९ असार । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ अंकमा पुगेको छ ।
आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १०.२२ अंकले बढेर ३९८.८४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.६३ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै म्यनु तथा प्रोडक्सन समूहका कम्पनीको कारोबार २५०.४१ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ४.९ अंकले बढी हो ।