Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक

‘जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक

काठमाडौं, १९ असार । गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ । हिजो(शनिबार) गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । यस गीतकोे मेल भर्सन अर्थात पुरुष आवाजमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो ।

एकोस्टिक नेपालमा रेकर्डिङ गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा गायिका पौडेलसँगै राजेन्द्रप्रसाद वाग्लेलाई फिचरिङ गरिएको छ । साथै, बालकलाकारको रुपमा बिभूती शर्माले अभिनय गरेकी छन् । भिडियोमा वाग्ले बाबूको भूमिकामा देखिएका छन् । यसअघि पनि उनले ‘यो दुनियाँ’, ‘वर्षौंको हाम्रो साथ’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

जीवनको पानाको मेल भर्सनको भिडियोमा भने अभिनेता सरोज खनाल, मदनकृष्ण श्रेष्ठ, लक्षण अधिकारी, राजेन्द्र कट्टेल लगायतको अभिनय छ । केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलमा रहेको मेल भर्सनको जीवनको पानाले झण्डै २ लाख ६० हजार भ्यूज पाएको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x