कामना सेवा विकास बैंकको केएस डीजी वर्ल्ड सार्वजनिक
काठमाडौं, २३ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल केएस डीजी वर्ल्ड सार्वजनिक गरेको छ ।
बैंकले हिजो २२ गते मङ्गलबार केएस डीजी वल्र्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा डिजीवल्र्ड डट कामनासेवा बैंक डट कम मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
केएस डीजी वल्र्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध रहको बताइएको छ ।