जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने
काठमाडौं, २४ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन प्रारम्भ हुने भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समितिको सहजीकरण बैठक राखेका थिए ।
बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताए ।
बजेटमा करको दर हेरफेर गरेको आरोप लागको शर्माले बुधबार पदबाट राजीनामा दिएका थिए । उनीमाथि लागेको आरोप छानबिनका लागि संसदले ११ सदस्यीय संसदीय समिति गठन गरिसकेको छ ।