सरकारको पूँजीगत खर्च लक्ष्यको आधा, राजस्व संकलन ८३ प्रतिशत

काठमाडौं, २६ असार । चालू आर्थिक वर्ष सकिन ६ मात्र बाँकी रहँदा ५०.११ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । शनिवारसम्ममा १ खर्ब ८९ अर्ब ४८ करोड पूँजीगत खर्च भएको हो । सोही अवधिमा राजस्व संकलन भने ८४ दशमलव ९२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व लक्ष्य रहेकोमा हालसम्म १० खर्ब २५ अर्ब मात्र संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।