Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

असारे विकास खर्चको तिव्रता,पछिल्ला २५ दिनमा मात्रै ५२ अर्ब विकास खर्च

असारे विकास खर्चको तिव्रता,पछिल्ला २५ दिनमा मात्रै ५२ अर्ब  विकास खर्च

काठमाडौं, २६ असार । अघिल्ला आर्थिक वर्षहरुमा जस्तै यस चालु आर्थिक वर्षमा पनि असारमा आएर ठूलो मात्रामा बजेट खर्च गर्ने प्रवृत्ति दोहोरिएको छ । पछिल्लो २५ दिनमा विकास खर्च मात्रै ५२ अर्ब रुपैयाँ भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ मात्र भएको थियो । तर, शनिबार (२५ जेठ २०७९ सम्म पुग्दा) विकास खर्च १८९ अर्ब पुगेको छ । यो पछिल्लो २५ दिनमा भएको पूँजीगत खर्च हो ।


महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । शुक्रबारसम्म १७४ अर्ब रुपैयाँ रहेको पूँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्यांक छ । यससँगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत गरेको छ । यस आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य बढेको छ । ३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x