सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा बढ्यो
काठमाडौं, २८ असार । सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा बढाएको छ ।
इन्धनको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । हिजो सोमबारदेखि लागु हुने गरी भाडा बढाइएको हो ।
दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।
यस्तै यात्रुवाहक सवारीसाधनमा १.७९ प्रतिशत भाडा बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २.३४ प्रतिशतले वृद्धि गरिएको र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २.६ प्रतिशतले वृद्धि गरिएको बताइएको छ ।
कहाँ जान कति ? यस्तो छ सूची