Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरुसँग अन्तरक्रिया, विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्नु पर्नेमा जोड

पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरुसँग अन्तरक्रिया, विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्नु पर्नेमा जोड

काठमाडौं, २८ असार । नेपाल पर्यटन बोर्डले नवनियुक्त राजदूतहरुसँग सोमबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्नु पर्नेमा जोड दिँदै पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग छलफल गरेको हो ।

अन्तक्रिया कार्यक्रममा बोल्दै संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेश स्थित नेपाली दुतावास र राजदूतहरुको भूमीका महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नु पर्ने बताएका छन् । मन्त्री श्रेष्ठले राजदूतावासहरु नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको र देशको प्रर्वद्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मकढंगले कार्य गर्नु पर्ने बताएका थिए ।


मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तराष्ट्रिय स्तरमा देशको छवी निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दुतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधै तयार रहेको बताए । मन्त्रालयका सह सचिव बुहिसागर भट्टराईले नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकोले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताएका थिए ।
अन्र्तक्रिया कार्यक्रममा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गा बहादुर सुवेदी,स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका शुशिल लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे,अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल ,साउथ अफ्रिकाका लागि दान बहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरक फरक प्रर्वधनात्मक सामग्री तयार गर्नु पर्ने, विदेशमा गरिने कार्यक्रमका लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दुतावाससंग समन्वय गर्नु पर्नेमा जोड दिए ।


उनिहरुले नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटि अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरु प्रभावकारी बनाउन दुतावास,मन्त्रालय,बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिए । यस्तै नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरेका थिए ।
यस्तै बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डका पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा राजदुतावासहरुले पनि सोही अनुरुपको समन्वय र सहकार्य गर्नु पर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रर्वद्धनमा दुतावासहरूसंग सहयोगको अपेक्षा गरेको बताएका थिए । नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताए ।


कार्यक्रममा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष रमेश थापा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम बहादुर सुवेदी लगायतले नेपाल पर्यटनका लागि उर्ययुक्त गन्तव्य रहेको बताउँदै नेपाल करिब २५ लाख पर्यटकको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x