Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

बजेट प्रकरण छानबिनको काम आजबाट औपचारिक रुपमा सुरु

बजेट प्रकरण छानबिनको काम आजबाट औपचारिक रुपमा सुरु

काठमाडौं, २८ असार । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेष समितिले आजबाट औपचारिक रुपमा छानबिनको काम सुरु गर्दैछ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आज औपचारिक बैठक बस्ने जानकारी दिए । उनका अनुसार आज कार्यविधि तय गर्ने लगायतका काम हुने छ । बैठक दिउँसो सिंहदरवारमा बस्नेछ ।


समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको अनलाइनखबरलाई जानकारी दिए ।
आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा पदबाट राजीनामा दिएका थिए । उनले राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै छानबिन गर्न चुनौती दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x