Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

प्रतिपक्षी दल उपस्थित नभएपछि प्रदेश सभा बैठक स्थगित, बजेट माथिको छलफल अनिश्चित

प्रतिपक्षी दल उपस्थित नभएपछि प्रदेश सभा बैठक स्थगित, बजेट माथिको छलफल अनिश्चित

काठमाडौं, २८ असार । तिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बसेको बैठकमा गणपूरक संख्या नपुगेपछि अहिले ३ बजेका लागि बोलाइएको थियो ।

३ बजेको बैठकमा एमाले जसपा र लोसपाका प्रदेश सभा सदस्य नआएपछि बैठक भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुन बहादुर थापाले जानकारी गराए ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल अझै हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा सत्ता पक्ष र विपक्षमा प्रदेश सभा सदस्यहरू सरकारले ल्याएको बजेटबाट रुष्ट छन् ।

उनीहरूले सरकारले बजेट संशोधन नगर्दा सम्म बैठकमा छलफल सुरु नगर्ने बताउँदै आइरहेका छन् । सरकार भने बजेट संशोधन गर्न अनिच्छुक देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x