Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

आयकरको तेस्रो किस्ता बुझाउन विभागको ताकेता

आयकरको तेस्रो किस्ता बुझाउन विभागको ताकेता

काठमाडौं, २९ असार । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ ।

विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८–७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो ।

१ साउनदेखि आगामी आर्थिक वर्ष २०७९र८० सुरु हुन्छ । त्यसपछि आयकर ऐन अनुसार जरिवाना सुरु हुन्छ । सरकारले चालु आर्थिक वर्षमा आयकरबाट मात्र २ खर्ब ८९ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये वैशाख मसान्तसम्म २ खर्ब ३४ करोड रुपैयाँ संकलन भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x