Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अन्ततः हिमालयनले सिभिललाई प्राप्ति गर्ने

अन्ततः हिमालयनले सिभिललाई प्राप्ति गर्ने

काठमाडौं । लामो समयदेखि मर्जरको चर्चामा रहेको हिमालयन बैंक लिमिटेडले अन्ततः मुलुककै कान्छो वाणिज्य बैंक सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा बुधवार आयोजित एक कार्यक्रममा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापकुमार पाण्डेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा प्रथम गभर्नर एवं हिमालयन बैंकका पूर्वअध्यक्ष हिमालय शम्शेर राणाको उपस्थिति थियो । कार्यक्रममा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले युवापिढीको जोश र उत्साहलाई प्राथमिकता दिँदै प्राप्तिको निर्णय गरिएको बताए । यससँगै नयाँ बन्ने बैंकले मुलुकको बैंकिङ क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्ने उनको भनाइ थियो ।
सो कार्यक्रममा सिभिल बैंकका अध्यक्ष पाण्डेले पछिल्लो समय सिफिल बैंकका वित्तीय सूचकहरू राम्रो बन्दै गएकोमा हिमालयनसँगको प्राप्तिपछि थप उचाइमा पुग्न सकिने विश्वास व्यक्त गरे ।
प्राप्तिपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ भने बैंकको सीईओमा अशोकशम्शेर राणा र डेपुटी सीईओमा सिभिल बैंकका हालका सीईओ सुनीलकुमार पोखरेल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x