Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देशको बेरुजु ४ खर्ब ८३ अर्ब

देशको बेरुजु ४ खर्ब ८३ अर्ब

काठमाडौं, ३० असार । महालेखापरीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदनमार्फत देशको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक खर्ब १५ अर्बले बेरुजु बढेको हो ।

महालेखाले आर्थिक वर्ष २०७७-७८ को सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, स्थानीय तहको लेखापरीक्षण सम्पन गरी प्रतिवेशन पेश गरेको हो । प्रतिवेदनअनुसार गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड फस्र्यौंट तथा समायोजन गरिएको ५० अर्ब २९ करोड घटाइ यो वर्ष थप भएको एक खर्ब १५ अर्ब ५ करोडसमेत गरेर चार खर्ब ८३ अर्ब ५९ करोड भएको हो ।

यो वर्ष ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x