महँगी बढेकाे बढ्यै, एक दशकमा कुन बर्ष कति थियो महँगी ?
काठमाडौं, ३१ असार । पछिल्लो समय महँगीको ग्राफ निरन्तर उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले ६ बर्षयताकै उच्च ८.५६ प्रतिशत छ ।
नेपालमा मात्र होइन महँगी अन्तर्राष्ट्रिय रुपमै बढेकाे छ ।
यसअघि आर्थिक बर्ष २०७२/०७३ मा महँगीको ग्राफ सबैभन्दा उच्च ९.९ प्रतिशत थियो । त्यस्तै आर्थिक बर्ष २०६९/०७० मा पनि ९.९ प्रतिशत नै थियो । आर्थिक बर्ष २०७०/०७१ मा पनि ९.१ प्रतिशत थियो । ०७१/०७२ मा ७.२ प्रतिशत थियो ।
यो एक दशकको अवधीमा आर्थिक बर्ष २०७७/०७८ मा महँगी सबैभन्दा न्यून बिन्दु अर्थात ३.६० प्रतिशत थियो । त्यसअघिको बर्ष २०७६/०७७ मा ६.१५ प्रतिशत थियो ।
चालु आर्थिक बर्षमा महँगी दस प्रतिशत भन्दा माथी पुग्ने अनुमान गरिएको छ ।