लुम्बिनी र सगरमाथा जनरल इन्स्योरेन्स मर्जरमा जाने

काठमाडौं, ३१ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार एक कार्यक्रमका बीच सो सम्बन्धी संझौतापत्रमा सगरमाथाको तर्फबाट लोकमान्य गोल्छा र लुम्बिनीका तर्फबाट अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । स्वाप रेसियो डिडिएपछि मात्रै तय हुने बताइएको छ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *