Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, ३१ असार । कामना सेवा विकास बैंक लिमिटेडले असार ३० गते बिहीबारबाट इलामको रोङ गा.पा. वडा नं. ०६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।


रोङ गा.पा. वडा नं. ०६ सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने भएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x