Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

काठमाडौं, ३१ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौंको टोखा न.पा. वडा नं. ०६ धापासी स्थित हरिहर मन्दिरलाई ३० गते बिहीबार कुर्ची हस्तान्तरण गरेको छ ।


कुर्चीहरु मन्दिर दर्शन गर्न आएका भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो बैंकले बताएको छ ।

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x