Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

काठमाडौं, ३१ असार । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् ।

शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने बताइएको छ ।

बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x