नेप्से ७.९३ अंकले बढ्यो
काठमाडौं, ३० असार । यस साताको छैटौं दिन तथा शेयर कारोबारको पाचौं दिन शुक्रबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ अंकमा पुगेको छ ।
शुक्रबार २३१ कम्पनीको ४० लाख ५१ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक २.७७ अंकले बढेर ३८५.९१ अंकमा पुगेको छ । यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ८ समूहका कम्पनीको कारोबार बढेको छ भने ५ समूहका कम्पनीको कारोबार घटेको छ ।