संसदीय समितिले अर्थ मन्त्रालयका अधिकारीसंग आज बयान लिदै
काठमाडौं, ३२ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बिचौलियालाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको भन्ने बारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सचिवहरुसहित अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई बयानका लागि बोलाएको छ ।
समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको हो ।
आज अर्थ मन्त्रालयका अधिकारीलाई तीन चरणमा बोलाउने निर्णय समितिले गरेको छ ।