Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

यस्ता छन तारकेश्वर गाउँपालिकाले गरेका महत्त्वपूर्ण निर्णयहरु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले तार्केश्वर शिक्षक नियमावलीलाई संघीय नियमावली अनुसार लैजाने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । योसंगै अब सबै विद्यालयहरुमा गठित व्यवस्थापन समिती भङ्ग भएर नयाँ समिती गठन गरिने छ ।

यस्तै बैठकले सबै सेवामा करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ ।

यस्तै समयमै निर्माण कार्य सम्पन्न नगरेर ठेक्काकाे म्याद थपका लागि निवेदन दिएकाहरुको म्याद थप पनि नहुने भएको । यो संगै स्थानीय स्रोत, साधनको प्रयोग गरि पालिकाको आम्दानी बढाउने उदेश्यले आईइ प्रतिवेदन पास गरिनुका साथै पालिका अध्यक्षको संयोजकत्वमा शिक्षक समिती गठन गरिएको छ । साथै तार्केश्वरकै गौरापार्वती सामुदायिक अस्पताललाई पालिका मातहतमा लगेर सुबिधासम्पन्न बनाउन वडा न ३ का वडा अध्यक्ष सुर्यमान श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x