Shangrila

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाललाई नियुक्त गरेको छ। बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि। बैंकको उच्च तहमा रही काम गर्दै आएका थिए।
पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए। उनले एनआईसि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *