देशभरि ६० प्रतिशत धान रोपाइँ
काठमाडौं, ३ साउन । यस वर्ष असारमा पोहोरको भन्दा १६ प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार मसान्तसम्म देशभरिमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
गतवर्ष असारमै ७६ प्रतिशत रोपाइँ भइसकेको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिला गरी शुरू भएकाले रोपाइँ ढिला भएको हो ।
मन्त्रालयका अनुसार यसपालि असार मसान्तसम्ममा प्रदेश १ मा ४९ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा ३९ प्रतिशतमा सीमित छ । बागमती प्रदेशमा ६५ प्रतिशत,
गण्डकी प्रदेशमा यस वर्ष ७९ , लुम्बिनी प्रदेशमा ७५ प्रतिशत र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको भनाइ छ ।