Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं, ४ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढी हो ।


बुधबार २१५ कम्पनीको ४१ लाख ३३ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ०.९७ अंकले बढेर ३९२.५० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ८ समूहका कम्पनीको कारोबार बढेको छ भने ५ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै उत्पादन समूहका कम्पनीको कारोबार ६३.४२ अंकले बढेर ५२९९.८९ अंकमा पुगेको छ । आज कारोबार घटेका ५ समूहका कम्पनी मध्ये सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको २८.२२ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x