Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

कुमारी बैंक र होटेल ए–१ लभली स्टार बीच छुट सम्झौता

कुमारी बैंक र होटेल ए–१ लभली स्टार बीच  छुट  सम्झौता

काठमाडौं, ४ साउन । कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।


डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्येनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x