Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुन प्रति तोला तिन सय रुपैयाँले घट्यो, चाँदीको मुल्य भने स्थिर

सुन प्रति तोला तिन सय रुपैयाँले घट्यो, चाँदीको मुल्य भने स्थिर

काठमाडौं, ३ जेठ । स्थानिय बजारमा विहीबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको मुल्य प्रति तोला ५८ हजार चार सय रुपैयाँ रहेको छ । जुन हिजोको तुलनामा प्रति तोला तिन सय रुपैयाँले कम हो । महासंघको अनुसार हिजो छापावाला सुन प्रति तोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको कारण स्थानिय बजारमा समेत यसको असर परेको हो । यस्तै विहीबार स्थानिय बजारमा तेजाबी सुनको मुल्य प्रति तोला ५८ हजार एक सय रुपैयाँ कायम गरिएको छ । हिजो बुधबार तेजाबी सुन प्रति तोला ५८ हजार चार सय रुपैयाँ थियो ।

यता स्थानिय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो बुधबार चाँदी तोलाको ७६५ रुपैयाँ रहेकोमा आज पनि सो मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *